केहि दिनपछि ठप्प हुनसक्छ, बेसार पानी खानुहाेला : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड-१९ को संक्रमण बढ्दै गएकाले स्वास्थ्य सावधानी अपनाउन आग्रह गरेका छन् । बिहीबार काठमाडाैंमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री अ‍ाेलीले सावधानी नअपनाए जनजीवन ठप्प पार्नुपर्ने अवस्था आउनसक्ने बताए ।

उनले मास्क लगाउन, हात धुन, घरबाहिर खाना नखान र बेसार पानी खान आग्रह पनि गरे । “हाम्रो जनजीवनलाई ठप्प पनि नगर्ने । सावधान भएनौं भने ठप्प गर्नुपर्ने स्थिति आउनसक्छ,” उनले भने ।

उनले कोभिड-१९ ले अन्य मूलुकमा जस्तो नेपालमा धक्का नपरेको दाबी पनि गरे ।

अर्काे प्रसंगमा उनले नेतृत्व सत्यको मार्ग, देश र जनताको स्वार्थको मार्ग र इमान भएमा मात्रै देश बन्ने बताए । ओलीले आफू सत्यसँग नलड्ने, शक्तिसँग नझुक्ने सूत्रमा रहेको दाबी गरे ।

ओलीलाईनै प्रधानमन्त्रीमा निरन्तरता दिन देउवा तयार , बालुवाटारमा खुसियाली !

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नयाँ सरकार बन्ने सम्भावना तत्काल नभएको संकेत गरेका छन् ।

बुधबार झापाको बुद्धशान्ति गाउँपालिकामा निर्मित सहिद याम बहादुर आचार्यको शालिक अनावरण कार्यक्रममा बोल्दै सभापति देउवाले संख्या सुनिश्चित भइनसकेका कारण नयाँ सरकार बनाउने सम्भावना नरहेको कुरा निकालेका हुन् ।

उनले संख्या निश्चित भए आफू प्रधानमन्त्री बन्नबाट नभाग्ने बताएका छन् ।उनले भने, ‘संख्या निश्चित भएको खण्डमा पुनः धोका नहुने किसिमको हुनुपर्‍यो। हामी भाग्ने कुरा छैन ।’

उनले नेकपा माओवादी केन्द्रले समर्थन नगरेको कुरा समेत उदृत गरेका छन् । उनले अघि भने,‘प्रधानमन्त्री बन्‍नु पर्‍यो सबैले भनेका छन् । भाग्न पनि खोज्या छैन म, तर प्रचण्ड अहिलेसम्म ओलीकै सरकारमा छन् । शेरबहादुरलाई प्रधानमन्त्री बन्न पर्‍यो भन्छन् । सर्मथन फिर्ता लिएकै छैन । अब हेर्नुस् त १ के पत्याउने ? समर्थन पहिले फिर्ता लिनु पर्‍यो नि ।’

नयाँ सरकार गठनको समिकरण बन्न नसक्दा बालुवाटारमा भने खुसीको संकेत देखिएको छ ।


Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!