एमालेबाट मुख्यमन्त्री बनाएकी अष्टलक्ष्मी शाक्यको बोलि फेरियो , ओली क्याम्पमा पहिरो !

हिजो एमालेले मुख्यमन्त्री बनाएकी अष्टलक्ष्मी शाक्यको अभिव्यक्तीले एमाले अध्यक्ष केपी शर्मा ओली पक्षलाई झस्काएको छ । एमाले अध्यक्ष ओलीकी कट्टर विरोधी शाक्य देशकै पहिलो महिला मुख्यमन्त्री बनेकी हुन् ।

लामो समयदेखि एमालेको माधव नेपाल समुहमा रहेर अध्यक्ष केपी ओलीको चर्को विरोध गर्दै आएकी अष्टलक्ष्मी शाक्य बुधबार अचानक वाग्मती प्रदेशको मुख्यमन्त्री बनिन् । ओली समूहमा प्रवेश गरेर उनी मुख्यमन्त्री बनेको धेरैले चर्चा गरे ।

यसअघि ओलीसँगको संघर्षका क्रममा अग्रभागमा भुमिका निर्वाह गरेकी शाक्य एकाएक ओली पक्षबाट मुख्यमन्त्री बनेको भन्दै धेरैले उनको राजनीतिक नैतिकताबारे प्रश्नसमेत उठाए ।

तर, माधव नेपाल समूह छोडेर मुख्यमन्त्री भएको भोलिपल्टै शाक्यले अर्को ‘सरप्राइज’ दिएकी छिन् । उनले ओलीसँग नरहेको सन्देश दिँदै एमालेको तेस्रो धारका नेताहरुको समूहमा मिसिएर संयुक्त अपिल जारी गरेकी छिन् । जुन ओली पक्षका लागि ‘सरप्राइज’ हो ।

तेस्रो धारका नेताहरुको संयुक्त अपिलमा शाक्यको समेत नाम देखेपछि ओली पक्ष चकित बनेको छ । मुख्यमन्त्री शाक्यले माधव नेपाल पक्षका १४ सांसदमाथि भएको कारवाही फिर्ता लिन माग गरेकी छिन् ।


Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!