देशको राजनीति बिग्रिदा सोलो कन्सर्टको तयारीमा राजनेता

सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले ‘सोलो कन्सर्ट’ गर्ने भएका छन्।

उनको निजी सचिवालयका अनुसार राज्यमन्त्री मानन्धरले ‘सोलो कन्सर्ट बाई अ स्ट्यान्डिङ मिनिस्टर’को शीर्षकमा विश्व कीर्तिमान राख्नको लागि ‘सोलो कन्सर्ट’ गर्ने भएका हुन्।

विश्व कीर्तिमानका लागि वर्ल्ड बुक अफ रेकर्डस् लिमिटेड बेलायतबाट राज्यमन्त्रीलाई पत्र आएको थियो। सोही पत्रअनुसार अन्तर्राष्ट्रिय प्रमाणीकरण गर्न शुक्रबार एक कार्यक्रमको आयोजना गरिएको छ।

शुक्रबार बालाजुस्थित अष्टनारायण चलचित्र मन्दिरमा उक्त कार्यक्रम पौने १ बजेदेखि सुरू हुने सचिवालयले जनाएको छ।

कार्यक्रममा उनले करिब ४ देखि ५ घण्टासम्म गीत गाउने तयारी रहेको उनका स्वकीय सचिव जयप्रकाश श्रेष्ठले जानकारी दिए।

‘एकल साँझमा उहाँले राष्ट्रियता झल्किने गीत गाउनु हुनेछ’, उनल भने।

कीर्तिमान कायम गराउनका लागि वर्ल्ड बुक अफ रेकर्ड बेलायतको टोली नेपाल आइसकेको समेत उनले बताए।

उनी आफैंले एल्बम ननिकाले पनि नेपाल भाषाका गीत तथा भजनहरू लेख्ने र गाउने गरेको स्वकीय सचिव श्रेष्ठले बताए।


Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!